काठमाडौं - सरकारले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जेठ १ बाट पठनपाठन अघि बढाउने निर्णय भएको बताए । उनले भने, ‘चैतमा जारी शैक्षिक सत्रको पठनपाठन पूरा गर्ने, वैशाखभित्र परीक्षा र विद्यार्थी भर्ना गरिसक्ने र जेठबाट पठनपाठन सुरु हुने भएको छ ।’

एसईईको परीक्षा वैशाख ९ देखि सुरु हुँदैछ । एसईई सकिएपछि नयाँ सत्र सुरु हुन्छ ।