काठमाडौं – लामखुट्टे एउटा यस्तो जीव हो जुन संसारको सबैजसो गर्मी ठाउँमा पाइन्छ । यो एउटा साधारण जीव नभइकन डरलाग्दा रोगहरु जस्तै औलो, हात्तीपाइले आदि रोगका कारण पनि हुन सक्छ । जनसमुहको प्रयासबाट औलो रोगको नियन्त्रण धेरै मुलुकमा भइसकेको छ । त्यसमध्ये हाम्रो देश पनि एक हो । लामखुट्टे जातीमा भाले लामखुट्टेले कुनै हानी पुर्याउँदैन । भाले लामखुट्टेले फलफूल, फूलहरु आदिको रस खाएर जीविका विताएका हुन्छन् भने पोथी लामखुट्टे मांसाहारी अर्थात जीव जन्तुहरुको रगत चुसेर जीविका चलाएका हुन्छन् ।
जब यिनीहरु रगत चुस्नको लागि आफ्नो सुंड रगत नलीमा घुसाउँदछन्, आफ्नो मुखमा रहेको विषययुुक्त तरल पदार्थ रगत नलीमा झार्दछन् । यसले गर्दा हामीलाई एक प्रकारको हल्का दुखाईको महसुस हुन्छ र त्यस ठाउँमा सुनिन्छ । यस दुखाईबाट मुक्त हुन त्यस ठाउँमा चिलाउने गर्दछ ।
0 comment