काठमाडौं – हाम्रो प्रत्येक कपाल वा रौं छालाको माथिल्लो सतहको कोषबाट निस्किरहेको हुन्छ । यस्ता कोषहरुमा मेलानिन भन्ने एक प्रकारको पिगमेन्ट अथवा रङ प्रदान गर्ने कणहरु हुन्छन् । रौंका कोषहरु पनि शरीरका अन्य कोषहरुझै वृद्धि हुन्छन् । विभाजित हुन्छन् र धेरै पुरानो भएपछि मासिन्छन् । त्यतिखेर ती कोषका रङ प्रदान गर्ने कणहरु भने रौ मै छाडिन्छन् ।
हामीले याद राख्नुपर्ने के कुरा छ भने यी कणहरु विभिन्न रङ दिने खालका हुन्छन् जस्तो प्रश्नमा भनिए जस्तै कालो खैरो रातो इत्यादि । हामी सबैमा यस्ता रङ प्रदान गर्ने कणहरु हुन्छन् तर कोही पनि मानिसमा कस्तो रङको कण भन्ने कुरा वंशाणुले निर्धारण गर्ने कुरा हो । अब अर्को जिज्ञासा रह्यो, खैरो कपाललाई स्थायी रुपले कालो गराउने सकिन्छ कि सकिन्न । यस सम्बन्धमा कालो रङ दिने विभिन्न लेप वा रासायनिक वस्तुहरु प्रयोग गरेर केही समयका लागि कालो पार्ने अस्थायी उपाय त छन् तर स्थायी समाधान बारेमा जानकारीहरु भने प्रकाशमा आएको छैन ।
0 comment