काठमाडौं – साबुनबाट फिंज आउनुको कारण त्यसमा रहेको सापोनीन भन्ने एक प्रकारको रासायनिक बस्तुले गर्दा हो । र साबुन विभिन्न रङ्गको हुनुको कारण त्यसलाई आकर्षक बनाउन मिसाइएको रंगीन बस्तुले गर्दा हो । साबुनलाई पानीसित मिसाउँदा सापोनीनले गर्दा फिंज आउन थाल्छ । पानीको फिंजले प्रकाशका सबै किरणहरु चाहिंदो मात्रामा सोस्न सक्दैन । यसकारण तिनले कुनै पनि रङ्ग प्रदान गर्न सक्दैन । फिंजमा रङ्ग आउँदै नआउने होइन, आउँछ, जुन रङ्ग कति मात्रमा मिसाइएको छ त्यसमा भर पर्दछ ।
त्यति मात्र हैन कताबाट कुन कोणबाट हेरिएकोछ त्यसमा पनि भर पर्दछ । तर जे होस सामान्यतया साबुनमा प्रयोग गरिएको रङ्गको मात्रा थोरै नै हुन्छ र यसकारण फिंज निस्कदा फिंज रङ्गीन नदेखिइ अक्सर सेतै देखिन्छ ।
0 comment