अण्डाको खोल कसरी यति बलियो भएको होला त ? यसको कारण हो यसका दुई चुच्चाको गोलो आकार । यसलाई राम्रोसँग बुझ्नको लागि हामी माथिल्लो भाग गोलाकार भएको झ्याल ढोकालाई उदाहरण स्वरुप लिन सक्छौं । कुनै धातु वा काठको सहायताबिना खाली ईंटा मात्र छापेर बनाउने गोलो झ्याल ढोका हेर्दा तिनका माथिल्लो भागबाट कसरी ईंटा नखसेको होला भन्ने लाग्छ । झ्याल ढोकाको गोलो शिरमा छाप्ने ईंटाहरु साधारण आकारका हुन्छन् ।
तिनीहरुको तल्लो भागभन्दा माथिल्लो भाग बढी चौडा हुन्छ । त्यसैकारणले पृथ्वीको गुरुत्वाकर्षणले ईंटालाई तलतिर ताने पनि ती ईंटाहरु माथिल्लो चौडा भएकोले सँगैको त्यस्तै आकारका अन्य ईंटाहरुले छेक्छन् । अर्थात् गुरुत्वाकर्षणको बल हरेक ईंटाको आफ्ना दुईतिरका ईंटामा पर्न जान्छ । अतः झ्यालढोका माथिको बलले त्यसलाई माथिबाट भत्काउन सकिन्न ।
यसको बिपरीत झ्यालढोकाको त्यस्तो गोलो भागलाई तलबाट बल लगायो भने त्यसलाई भत्काउन अपेक्षाकृत सजिलो हुन्छ । किनभने ईंटको माथिल्लो भाग तल्लो भागभन्दा चौडा भएकोले त्यसलाई माथि धकेल्दा सँगैको ईंटाले रोक्दैन अण्डाको बनावट पनि करिब यस्तै हुन्छ बाहिरी बलले यसलाई त्यति सजिलै फुटाउन सकिँदैन । तर भित्रबाट बल दिने हो भने यो पनि सजिलै फुट्छ ।
0 comment