काठमाडौं - अघिल्लो दिन ३६.१९ अंकले घटेको सेयर बजार परिसुचक नेप्से आज ८.११ अंकले घटेर २१५६.२० बिन्दुमा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि २.०५ अंकले घटेर ४०९.११ बिन्दुमा पुगेको छ ।     

आज २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँमा खरिद बिक्री भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको सेयर मूल्य घट्यो भने ३ उपसमूहको मात्रै सेयर मूल्य बढेको छ। फाइनान्स, म्युचुल र अदर्श उपसमूहको सूचक सामान्य अंकले बढेको हो। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक १.४२ प्रतिशतले घटेको छ भने अन्य उपसमूहको सूचक सामान्य ओरालो लागेको छ ।

आज कुनै पनि कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

कारोबार रकमका आधारमा आज ग्लोबल आईएमई बैंक शीर्षस्थानमा रह्यो। ग्लोबल आईएमई बैंकको आज १५ करोड बढीको सेयर कारोबार भयो।