काठमाडौं - अघिल्लो दिन ६३.२४ अंकले बढेको सेयर बजार परिसुचक नेप्से आज २६.६६ अंकले ओरालो लागेर २,२००.५० बिन्दुमा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ६.१४ अंकले घटेर ४१८.७८ बिन्दुमा पुगेको छ ।
आज २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँमा खरिद बिक्री भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को सेयर मूल्य घटेको छ भने २ उपसमूहमध्ये सेयर मूल्य बढेको छ। अन्य उपसमूहको सूचक सर्वाधिक २.८७ प्रतिशतले बढ्यो भने फाइनान्स उपसमूहको सूचक ३ प्रतिशत बढिले बढ्यो।
अन्य उपसमूहको सूचक सर्वाधिक ४.१४ प्रतिशतले बढ्यो भने म्युचुअल फन्ड उपसमूहको सूचक सामान्य उकालो लाग्यो।
डेभलपमेन्ट बैंक उपसमूहको सूचक ३ प्रतिशत बढिले ओरालो लाग्यो भने बैंकिङ र ट्रेडिङ उपसमूहको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो। फाइनान्स, होटल्स एन्ड टुरिजम, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो, माइक्रोफाइनान्स र नन लाइफ इन्स्योरेन्स उपसमूहको सूचक १ प्रतिशत बढिले ओरालो लाग्यो। हाइड्रोपावर उपसमूहको सूचक सामान्य ओरालो लाग्यो।
आज एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। किसान लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। नेपाल रिइन्स्योरेन्स कम्पनीको आज २५ करोड ५६ लाख बढीको सेयर कारोबार भयो।
0 comment