काठमाडौं - अघिल्लो दिन १२.१६ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ९.९५ अंकले बढेर ४०४.१० विन्दुमा पुगेको छ।
आज २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता सेयर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढ्यो भने १ उपसमूहको घट्यो।
डेभलपमेन्ट बैंक उपसमूहको सूचक सर्वाधिक ४.१४ प्रतिशतले बढ्यो भने फाइनान्स उपसमूहको सूचक ३ प्रतिशत बढिले बढ्यो। बैंकिङ, होटल्स एन्ड टुरिजम, लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्स उपसमूहको सूचक २ प्रतिशत बढिले बढ्यो भने हाइड्रोपावर, इन्भेष्टमेन्ट, मनु एन्ड प्रो, माइक्रोफाइनान्स, अन्य र ट्रेडिङ उपसमूहको सूचक सामान्य उकालो लाग्यो। म्युचुअल फन्ड उपसमूहको सूचक भने सामान्य ओरालो लाग्यो।
आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बीपीडब्लू लघिवित्त वित्तीय र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको आज १४ करोड ८६ लाख बढिको सेयर कारोबार भयो।
0 comment