काठमाडौं - साताको पहिलो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ६.३५ अंकले बढेर ३८८.५१ विन्दुमा पुगेको छ।
आज २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर ३ अर्ब ४२ करोड ५ लाख ४३ हजार ९६१ रुपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक उकालो लागेको छ।
होटल एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक ४.६३ प्रतिशतले बढ्यो भने ट्रेडिङ उपसमूहको सूचक पनि ४ प्रतिशत बढिले बढ्यो। फाइनान्स, इन्भेष्टमेन्ट, नन लाइफ इन्स्योरेन्स र अन्य उपसमूहको सूचक २ प्रतिशत बढिले उकालो लाग्यो। त्यसैगरी, डेभलपमेन्ट, लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशत बढिले उकालो लाग्यो भने अरु उपसमूहको सूचक सामान्य उकालो लाग्यो ।
आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। हिमालयन लाइफ इन्स्योरेन्सको आज १८ करोड ६० लाख बढिको सेयर कारोबार भयो।
0 comment