काठमाडौं - काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा लिने भएको छ ।
महानगरले एक सुचना जारी गर्दै महानगरभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फारम भर्न अनुरोध गरेको छ ।
छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन हुने महानगरले जनाएको छ ।
0 comment