काठमाडौं - अघिल्लो दिन १२.७३ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ५.८९ अंकले घटेर ३८२.७४ विन्दुमा पुगेको छ।
आज २२७ कम्पनीको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ। लाइफ इन्स्योरेन्स उपसमूहको सूचक सर्वाधिक ३.३१ प्रतिशतले घट्यो भने हाइड्रोपावर, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, नन लाइफ इन्स्योरेन्स र अन्य उपसमूहको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो। डेभलपमेन्ट, फाइनान्स, होटल्स एन्ड टुरिजम, मनु एन्ड प्रो र ट्रेडिङको सूचक १ प्रतिशत बढिले ओरालो घट्यो भने बैंकिङ र म्युचुअल फन्ड सामान्य ओरालो लाग्यो।
आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको आज १६ करोड बढिको सेयर कारोबार भयो।
0 comment