काठमाडौं - साताको पहिलो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि १२.२३ अंकले घटेर ३९०.५२ विन्दुमा पुगेको छ। 
 
आज २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ। 

माइक्रोफाइनान्सको सूचक सर्वाधिक ४.७५ प्रतिशतले घट्यो भने डेभलपमेन्ट र हाइड्रोपावरको सूचक ३ प्रतिशत बढिले ओरालो लाग्यो। बैंकिङ, फाइनान्स, होटल्स एन्ड टुरिजम, मनु एन्ड प्रो, अन्य र ट्रेडिङको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो। इन्भेष्टमेन्ट र लाइफ इन्स्योरेन्सको सूचक १ प्रतिशत बढिले ओरालो लाग्दा म्युचुअल फन्ड र नन लाइफ इन्स्योरेन्सको सूचक सामान्य ओरालो लाग्यो।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बीपीडब्लू लघुवित्त वित्तीय  संस्थाको १० प्रतिशत र सिटी होटलको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको हो।

कारोबार रकमका आधारमा आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। हिमालयन लाइफ इन्स्योरेन्सको आज ४२ करोड ५६ लाख बढिको सेयर कारोबार भयो।