काठमाडौं - यस साता निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक नेप्से आज ५६.९४ अंकले बढेर २१८६.९४ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि १३.४० अंकले बढेर ४१२.५१ विन्दुमा पुगेको छ।
आज २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँमा खरिद / बिक्री भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको सूचक उकालो लागेको छ।
माइक्रो फाइनान्स उपसमूहको सूचक सर्वाधिक ८.९६ प्रतिशतले बढ्यो भने फाइनान्स उपसमूहको सूचक ४ प्रतिशत बढिले उकालो लाग्यो। बैंकिङ उपसमूहको सूचक ३ प्रतिशत बढिले उकालो लाग्यो भने डेभलपमेन्ट, होटल्स एन्ड टुरिजम, हाइड्रोपावर, म्युचुअल फन्ड र अन्य उपसमूहको सूचक १ प्रतिशत बढिले उकालो लाग्यो।
मनु एन्ड प्रो, नन लाइफ इन्स्योरेन्स र ट्रेडिङको सूचक सामान्य ओरालो लाग्यो भने इन्भेष्टमेन्ट र लाइफ इन्स्योरेन्स उपसमूहको सूचक सामान्य उकालो लाग्यो।
आज ३३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा आज स्वाबलम्वन लघुवित्त वित्तीय शीर्षस्थानमा रह्यो। स्वाबलम्वन लघुवित्त वित्तीयको आज २५ करोड बढिको सेयर कारोबार भयो।
0 comment