काठमाडौं - अघिल्लो दिन २६.५६ अंकले ओरालो लागेको शेयर बजार परिसुचक नेप्से आज १४.०५ अंकले घटेर २०५०.७८ बिन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि २.०३ अंकले बढेर ३८६.११ विन्दुमा पुगेको छ। 

आज २७१ कम्पनीको ८६ लाख ५१ हजार १६४ कित्ता सेयर ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक उकालो लागेको छ भने ९ उपसमूहको सूचक ओरालो लागेको छ। 

होटल्स एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक ४.८४ प्रतिशतले बढ्यो भने लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो र ट्रेडिङको सूचक सामान्य उकालो लाग्यो । डेभलपमेन्ट, फाइनान्स, हाइड्रोपावर, इन्भेष्टमेन्ट र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशत बढिले घट्यो भने बाँकी उपसमूहको सूचक सामान्य ओरालो लाग्यो ।

आज एक कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सिटी होटल लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको आज २३ करोड बढीको सेयर कारोबार भयो।