काठमाडौं - नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायको अनुमति दिएको छ ।  

बोर्डको सोमबार बसेको बैठकले ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिने निर्णय गरेको हो।

बोर्डका अनुसार नविल सेक्युरिटल लिमिटेडलाई धितोपत्र व्यापारीको अनुमति दिइएको छ । त्यस्तै,मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र व्यवसायको अनुमति दिइएको छ ।

त्यसैगरी, एलिट स्टक हाउस लिमिटेड लाजिम्पाट, इन्फिनिटी सेक्युरिटिज लिमिटेड सुन्धारा, इन्डेक्स सेक्युरिटिज लिमिटेड डिल्लीबजार, शुभकामना सेक्युरिटिज प्रालि, हातेमालो फाइनान्सिङ सर्भिसेज प्रालि, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, केविएल सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट लिमिटेड र नवील सेक्युरिटिज लिमिटेडलाई सीमिति कार्य गर्ने गरी मात्रै धितोपत्र व्यवसायको अनुमति दिइएको छ ।