काठमाडौं - अघिल्लो दिन १७ अंकले ओरालो लागेको परिसूचक नेप्से आज २५.६६ अंकले बढेर १९२७.६५ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि २.८७ अंकले बढेर ३६५.०९ विन्दुमा पुगेको छ।
आज २६९ कम्पनी ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक उकालो लागेको छ। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक ५.६७ प्रतिशतले बढ्यो। नन लाइफ इन्स्योरेन्सको सूचक ४ प्रतिशत बढिले उकालो लाग्यो भने हाइड्रोपावरको सूचक ३ प्रतिशत बढिले उकालो लाग्यो। फाइनान्स, इन्भेष्टमेन्ट, मनु एन्ड प्रो, म्युचुअल फन्ड र ट्रेडिङ उपसमूहको सूचक १ प्रतिशत बढिले बढ्यो भने अन्य समुहको सुचक सामान्य उकालो लाग्यो ।
आज न्यादी हाइड्रोपावरको ९.८५ र सनराइज फोकस्ड इक्विटी फन्डको ९.२४ प्रतिशतले सेयर बढ्यो।
कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्षस्थानमा रह्यो। सोल्टी होटलको आज ९ करोड ६८ लाख बराबरको सेयर कारोबार भयो।
0 comment