काठमाडौं - साताको पहिलो दिन आज सेयर बजार परिसूचक नेप्से ५३.०३ अंकले बढेर १,९१९.३७ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ९.४९ अंकले बढेर ३६५.१० विन्दुमा पुगेको छ।
आज २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता सेयर १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक उकालो लाग्यो। होटल् एण्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक ७.३७ प्रतिशतले बढ्यो। त्यस्तै, नन लाइफ इन्स्योरेन्सको सूचक ४ प्रतिशत बढिले उकालो लाग्यो भने डेभलपमेन्ट, फाइनान्स, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो, अदर्श र ट्रेडिङ उपसमूहको सूचक ३ प्रतिशत बढिले बढ्यो। इन्भेष्टमेन्ट र माइक्रोफाइनान्स उपसमुहको सुचक २ प्रतिशत बढिले उकालो लाग्यो भने बैंकिङ उपसमुहको सुचक १ प्रतिशत बढिले उकालो लाग्यो । म्युचुअल फन्डको सुचक पनि सामान्य उकालो लाग्यो ।
आज आइजीआई प्रडेन्सियल इन्स्योरेन्सको सेयर मुल्य १० प्रतिशतले बढ्यो। यस्तै सामुदायिक लघुवित्त वित्तीयको ९.८७, ग्लोबल आइएमई ब्यालेन्स फन्डको ९.८० र सोल्टी होटेलको ९.६२ प्रतिशतले सेयर मुल्य बढ्यो। आज २१७ कम्पनीको सेयर मूल्य बढ्दा ३ को मात्रै घट्यो।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। आज शिवम् सिमेन्टको १५ करोड बढि मूल्यको सेयर कारोबार भयो।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कर व्यवस्था गरेको भन्दै सेयर लगानीकर्ताहरू आन्दोलित भएका थिए। तर, अर्थमन्त्रालयले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने बताएपछि नियमित उरालो लागेको नेप्से परिसूचक उकालो लागेको लगानीकर्ताहरू बताउँछन्।
0 comment