काठमाडौं - आज सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ८.७२ अंकले घटेर ३६०.७१ विन्दुमा पुगेको छ।

आज २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। लाईफ इन्स्युरेन्स उपसमूहको सूचक सबैभन्दा बढी ३.५० प्रतिशतले घट्यो। त्यसैगरी, माइक्रो फाइनान्स, ननलाईफ इन्स्युरेन्स र अदर्श उपसमूहको सूचक ३ प्रतिशत बढीले घट्यो । म्यानुफ्याक्चरिङ्ग र म्युचुअल फन्ड उपसमूहको सूचक १ प्रतिशत बढीले घट्दा अन्य उपसमूहको सूचक २ प्रतिशत बढीले घट्यो ।

आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशत र बीपीडब्लु वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा आज शिवम सिमेन्ट्स अग्रस्थानमा रह्यो । शिवम सिमेन्ट्सको आज २१ करोड बढिको सेयर कारोबार भयो ।