काठमाडौं - युवा संघ नेपाल पिपुल्स भोलिन्टिएरले आजबाट गतेबाट मदन आश्रीत  सेभेन ए साइड फुटसल प्रतियोगिता २०८० सुरु गरेको छ । 

मदन आश्रीत दिवसको अवसरमा तार्केश्वर मनमैजुस्थित फुटसल मैदानमा प्रतियोगिताको उद्घाटन गरिएको हो । स्वर्गीय जननेता मदन भण्डारीको ३० औँ स्मृति दिवसको अवसर पारेर सुरु गरिएको प्रतियोगिताको एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष नेपालले लोकप्रीय नेता मदन भण्डारीसहित जिवराज आश्रीतको स्मृति जिवन्त रहने बताउनुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथी उठाउन योगदान दिनु हुने मदन भण्डारीको उच्च योगदान बुझ्ने युवाहरुको यो देशमा आवश्यकता रहेको र देश बिकासमा युवाहरूको नेतृत्व अति आवश्यक भएको बताउँदै युवासंघ नेपालको आयोजना महत्वपूर्ण रहेको अध्यक्ष नेपालले बताउनुभयो । 

कार्यक्रममा एकीकृत समाजवादीका उपाध्यक्ष प्रवेश हमाल, युवा संघका उपाध्यक्ष नितेश पौडेल, पोलिटब्युरो सदस्य दिल कुमारी पन्त, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

फुटबल प्रतियोगितामा ७८ वटा टिमको सहभागीता रहेको छ । जेठ ३ बाट ९ दिन सम्म चल्ने यो प्रतियोगितामा क्रमस: पहिलो हुनेलाई ३ लाख र दोस्रो हुनेलाई २ लाख र तेस्रो हुनेलाई १ लाख राशीको पुरस्कार सहित ट्रफी तथा प्रमाणपत्र पुरस्कार प्रदान गरिने युवा संघका स्थाइ कमिटी सदस्य समीप त्रिपाठीले बताउनुभयो । 

संघका कार्यक्रम संचालक तिर्थ श्रेष्ठले युवाहरुको क्षमता र जोस जाँगरलाई प्रोत्साहन दिने उदेश्यले यस्ता प्रतियोगितालाई प्राथमिकतामा राखेको बताउनुभयो ।