काठमाडौं - आज सेयर बजार परिसूचक नेप्से २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले बढेर ३५२.९४ विन्दुमा पुगेको छ।
 
आज २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक उकालो लाग्यो। अदर्श समूहको सूचक सर्वाधिक २.३७ प्रतिशतले बढ्दा फाइनान्स उपसमूहको २.२८, हाइड्रोपावरको २.१९ र नन लाइफ इन्स्योरेन्सको २.०३ प्रतिशतले बढ्यो। डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट र लाइफ इन्स्योरेन्सको सूचक १ प्रतिशत बढिले उकालो लाग्यो भने बाँकी उपसमूहको सूचक सामान्य उकालो लाग्यो ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो। यस्तै, इस्टर्न हाइड्रोपावरको ९.७९ र ग्रिन लाइफ हाइड्रोपावरको ९.७३ प्रतिशतले सेयर मूल्य बढ्यो।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्ट्सको आज ५ करोड ४४ लाखको सेयर खरिद/बिक्री भयो।