काठमाडौं - आज सेयर बजार परिसूचक नेप्से १०.६६ अंकले बढेर १,८४४.३६ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.८७ अंकले बढेर ३५४.२५ विन्दुमा पुगेको छ।

आज २६९ कम्पनीको सेयर २८ लाख ३६ हजार १३९ कित्ता सेयर ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक उकालो लाग्यो। होटेल एन्ड टुरिज्म, हाइड्रोपावर र म्यानुफ्याक्चरिङ्ग एन्ड प्रोसेसिङ उपसमूहको सूचक १ प्रतिशत बढिले उकालो लाग्यो भने बाँकी उपसमूहको सूचक सामान्य उकालो लाग्यो ।

आज कुनैपनी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन । पिपल्स पावर लिमिटेडको शेयर मूल्य सर्वाधिक ६.४७ प्रतिशतले बढ्यो भने युनिक नेपाल लघुवित्तिय वित्तिय संस्था लिमिटेदको शेयर मूल्य सर्वाधिक ८.६८ प्रतिशतले घट्यो । 

कारोबार रकमका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा रह्यो। हिमाल दोलखा हाइड्रोपावरको आज ६ करोड ९६ लाखको सेयर खरिद/बिक्री भयो।