काठमाडौं - विश्वविद्यालयले सरकारी शिक्षालाई निजीकरण बनाउन खोजेको आरोप लगाउँदै सुर्खेतमा विद्यार्थीहरूले अनसन थालेका छन्। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको निवास अगाडि विभिन्न पार्टी निकटका संयुक्त विद्यार्थी संगठनले कालो ब्यानर टाँगेर रिले अनसन थालेका हुन्।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अखिल छैठौं र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहको निवास अगाडि गेटमा कालो ब्यानर टाँगेर रिले अनसन बसेका छन्।
विश्वविद्यालयले चैत्र २९ गते सम्बन्धन सम्बन्धी आवेदन खुला गरिएको सूचना तत्काल रद्द गर्नुपर्ने, विश्वविद्यालयको केन्द्रीय क्याम्पस र आंगिक क्याम्पसहरूको गुणस्तर सुधारको अभियान थालनी गर्नुपर्ने लगायतका मागको सम्बोधन नभएसम्म अनसन नतोड्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठनकी केन्द्रीय सदस्य ममता अधिकारीले बताइन्।
उनले भनिन्, मध्यपश्चिम विश्वविद्यालयका नेतृत्व विद्यार्थीहरूका माग प्रति सम्वेदनशील भएन्। विश्वविद्यालय कर्णालीको शैक्षिक केन्द्र हो। यहाँ निहित मान्छेहरूको स्वार्थ पूरा गर्ने थलो बनाउन खोजिएको छ। यसका विरुद्ध हाम्रो खबरदारी हो।
0 comment