काठमाडौं - एसिसी मेन्स प्रिमियर कपको आज भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको हो। खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे। 

त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए। 

नेपालका ललित राजबंशीले तीन विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए । त्यसैगरी गुल्शन झा र सोमपाल कामीले एक-एक विकेट लिए।