काठमाडौं - डाबर नेपालले ९ अर्ब बढी लगानी थप्ने भएको छ। 

बिहीवार लगानी बोर्ड नेपाल र डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनर्लगानीका रुपमा लगानी हुने परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएपछी डाबर नेपालले लगानी थप्ने भएको हो।

सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह बेदीले हस्ताक्षर गरेका थिए। 

कम्पनीले क्षमता अभिवृद्धि तथा लगानी विविधीकरण सम्बन्धी परियोजना प्रस्ताव अनुसार डाबर नेपालले थप ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्नेछ।