काठमाडौं - पढ्नका लागि विदेश जाने विद्यार्थीलाई नो अव्जेक्सन लेटर(एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

स्नातक वा सोभन्दा माथिल्लो तहको अध्ययनका लागि मात्रै एनओसी दिने सरकारले निर्णयले आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीहरूले काठमाडौको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा उत्रिएकाहरूले एनओसी निर्देशिका खारेज गर, हामीलाई एनओसी चाहियो लगाायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गर्दै शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिने उल्लेख छ । जसका कारण लामो समयदेखि भाषा पढिरहेका विद्यार्थीहरू अन्यौलमा रहेका छन् ।