काठमाडौं - अघिल्लो कारोबारको दिन १४.४१ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज ५०.०४ अंकले बढेर २,००२.७० विन्दुमा अडिएको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ९.२७ अंकले बढेर ३७९.५० विन्दुमा अडिएको छ।

आज २६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँमा खरिद / बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक उकालो लागेको छ। 

हाइड्रोपावरको सूचक सर्वाधिक ३.५९ प्रतिशतले उकालो लाग्यो भने फाइनान्स, इन्भेष्टमेन्ट र लाईफ इन्स्युरेन्स समुहको सुचक पनि ३ प्रतिशत बढिले उकालो लाग्यो। त्यस्तै, डेभलपमेन्ट बैंक, होटेल, माइक्रो फाइनान्स, म्युच्युअल फन्ड, नन लाईफ इन्स्युरेन्स, अदर्श र ट्रेडिङ समुहको सूचक २ प्रतिशत बढिले उकालो लाग्यो। अन्य समुहको सूचक १ प्रतिशत बढिले उकालो लाग्यो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। शुभम् पावरको ९.९८ र नेपाल इन्स्योरेन्स कम्पनीको ९.४४ प्रतिशतले सेयर मूल्य बढ्यो।

आज कारोबार रकमका आधारमा शिवम सिमेन्ट शीर्षस्‍थानमा रह्यो। शिवम सिमेन्टको आज ७ करोड ८५ लाख बढि मूल्यको सेयर कारोबार भयो।