काठमाडौं - अघिल्लो दिन ३.६१ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज पनि २४.४४ अंकले घटेर १,९९५.४९ विन्दुमा अडिएको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.५६ अंकले घटेर ३७८.३७ विन्दुमा अडिएको छ।
आज २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँमा खरिद / बिक्री भयो।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ।
माइक्रो फाइनान्स उपसमूहको सूचक सर्वाधिक २.६५ प्रतिशतले ओरालो लाग्यो भने मनु एन्ड प्रो उपसमूहको सूचक पनि २ प्रतिशत बढिले ओरालो लाग्यो। त्यस्तै, डेभलपमेन्ट बैंक, होटेल, हाइड्रोपावर, लाईफ इन्स्युरेन्स, नन लाईफ इन्स्युरेन्स, अदर्श र ट्रेडिङ उपसमूहको सूचक १ प्रतिशत बढिले ओरालो लाग्यो। अन्य समुहको सुचक सामान्य ओरालो लाग्यो।
आज आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा आज माथिल्लो तामाकोशी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। आज माथिल्लो तामाकोशी हाइड्रोपावरको ८ करोड ७२ लाख बढिको सेयर कारोबार भयो।

0 comment