काठमाडौं - अघिल्लो दिन ३३.५७ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज ५७.७४ अंकले घटेर २,०२२.६४ विन्दुमा अडिएको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ११.९८ अंकले घटेर ३८४.३६ विन्दुमा अडिएको छ।

आज २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँमा खरिद / बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ। 

माइक्रो फाइनान्स उपसमूहको सूचक सर्वाधिक ९.५४ प्रतिशतले ओरालो लाग्यो भने होटेल उपसमूहको सूचक ३ प्रतिशत बढिले ओरालो लाग्यो। त्यस्तै, फाइनान्स, हाइड्रोपावर, लाईफ इन्स्युरेन्स, मनु एन्ड प्रो, नन लाईफ इन्स्युरेन्स, अदर्श र ट्रेडिङ उपसमूहको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो। अन्य समुहको सुचक १ प्रतिशत बढिले ओरालो लाग्यो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। 

कारोबार रकमका आधारमा आज छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शीर्षस्थानमा रह्यो। आज छिमेक लघुवित्तको ८ करोड ७० लाख बढिको सेयर कारोबार भयो।