काठमाडौं - भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ। समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका हुन् ।
आइतबार भारत प्रस्थान गरेका प्रधानमन्त्री शाहले आज राजघाटस्थित गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गर्नुका साथै समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय छलफल गर्ने कार्यतालिका छ।
भ्रमणका क्रममा आजै विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र आदानप्रदान, संयुक्त पत्रकार सम्मेलन तथा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट हुनेछ। सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह आजै साँझ ६:३५ बजे काठमाडौँ फर्किने कार्यतालिका छ ।


0 comment