काठमाडौं – दाङमा एक युवतीलाई भारतमा लगेर बेच्ने दुई जना पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसार पसारको आरोपमा दुई जना पक्राउ परेका हुन्
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ को लखन पार्क नजिकै रहेको होटेलको साहुनी ३९ वर्षीया टोपली सार्की र सोही ठाउँ निवासी ५२ वर्षीया बिमुसा सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी विर बहादुर वलीले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार उनीहरुले २० वर्षीया एक युवतिलाई भारतको चन्डीगढमा काम लगाई दिने भन्दै रूपैडिया हुँदै चन्डीगढको यौनजन्य कार्य हुने कोठीमा लगेर बेचेको खुल्न आएको छ ।
घटनाको बारेमा जानकारी पाएलगत्तै विभिन्न संघ संस्थाको सहयोगमा युवतीको उद्धार गरीएको र फागुन ४ गते पीडकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत कसुरमा दाङ देउखुरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


0 comment