काठमाडौं – नवलपरासीको गण्डक नहरमा दुई छोरासहित एक महिलाले हाम फालेकी छन् ।
नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा कोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए ।
उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन् । उनले के कति कारणले हाम फालिन भन्ने बारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको डीएसपी पाण्डेले बताए ।


0 comment