काठमाडौं - अघिल्लो सातादेखी निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्से यस साताको कारोबारको पहिलो दिन आज पनि २३.६० अंकले घटेर २,०४६.८१ विन्दुमा अडिएको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ४.९१ अंकले घटेर ३९१.५३ विन्दुमा अडिएको छ।
आज २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँमा खरिद / बिक्री भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्य ११ उपसमूहको सूचक ओरालो लागेको छ। म्युच्युअल फन्ड र ट्रेडिङ समुहको सूचक सामान्य उकालो लाग्यो।
मनु एन्ड प्रोको सूचक सर्वाधिक ३.२० प्रतिशतले ओरालो लाग्यो भने माइक्रो फाइनान्सको सुचक २ प्रतिशत बढिले ओरालो लाग्यो। त्यस्तै, डेभलपमेन्ट बैंक र अदर्श समुहको सुचक १ प्रतिशत बढिले ओरालो लाग्यो। अन्य समुहको सूचक सामान्य ओरालो लाग्यो।
आज राप्ती हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। आज हिमालयन डिस्टिलरीको २० करोड ८२ लाख बढिको सेयर कारोबार भयो।

0 comment