काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन् । सोमबार जनकपुरको जानकी मन्दिरबाट सांसद सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर सांसद सिंहलाई विदाई गरेका थिए । सो क्रममा सभापति लामिछानेले पदयात्राले मधेस, पहाड र हिमाल तथा सिङ्गो देशलाई जोड्ने, विभिन्न ठाउँमा सद्भाव र एकता कायम गर्ने सन्देश दिने उद्देश्य राखेको भन्दै सांसद सिंहलाई शुभकामना दिए ।
जात, लिंग, धर्म, सम्प्रदाय वा भूगोलभन्दा माथि उठेर सबैलाई जोड्न गरिएको पदयात्रा सफल हुने उनको विश्वास छ । देशका विभिन्न स्थानमा पुगेर जनताको कुरा सुन्नका लागि पदयात्रा सुरु गरेको सांसद सिंहले जानकारी दिए।


0 comment