काठमाडौं - डोल्पा कारागारबाट ८ जना कैदी फरार भएका छन् । सदरमुकाम दुनैस्थित जिल्ला कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । उनीहरु विभिन्न कसुरमा जेल परेका व्यक्ति हुन् ।
घटनाबारे जानकारी प्राप्त भएपछि डीएसपीसहितको टोली कारागारतर्फ गएको छ । कारागारमा कति जना थिए र को-को फरार भएका हुन् भन्नेबारे केही समयमै आधिकारिक धारणा सार्वजनिक हुने जनाइएको छ ।


0 comment