काठमाडौं - साताको पहिलो कारोबारको दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज पनि १३.९० अंकले घटेर २,०९१.५६ विन्दुमा अडिएको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.५५ अंकले घटेर ४००.१४ विन्दुमा अडिएको छ।

आज २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँमा खरिद / बिक्री भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घट्यो भने १ उपसमूहको मात्रै सूचक बढ्यो। मनु एन्ड प्रोको सूचक ०.९३ प्रतिशतले बढेको हो। होटेल, लाईफ इन्स्युरेन्स र अदर्श समुहको सुचक १ प्रतिशत बढिले ओरालो लाग्यो भने अन्य समुहको सूचक सामान्य ओरालो लाग्यो। 

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

कारोबार रकमका आधारमा अपी पावर शीर्षस्थानमा रह्यो। अपी पावरको आज ६ करोड २० लाख रूपैयाँ बराबरको सेयर कारोबार भयो।