काठमाडौं - आज शेयर बजार परिसूचक नेप्से १६.४० अंकले घटेर २,१०५.४६ विन्दुमा अडिएको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि २.७४ अंकले घटेर ४०१.६९ बिन्दुमा अडिएको छ।

आज २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रूपैयाँमा खरिद / बिक्री भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घट्यो भने १ उपसमूहको मात्रै सूचक बढ्यो। मनु एन्ड प्रोको सूचक ०.३१ प्रतिशतले बढेको हो। इन्भेष्टमेन्ट र माइक्रोफाइनान्स समुहको सुचक १ प्रतिशत बढिले ओरालो लाग्यो भने अन्य समुहको सूचक सामान्य ओरालो लाग्यो। 

आज कुनै पनि कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। 

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह‍यो। हिमालयन डिस्टिलरीको आज ७ करोड ७५ लाख बढिको सेयर कारोबार भयो।