काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीककृत समाजवादीले) पार्टीको नीति तथा कार्यक्रम मार्फत कार्यकर्ता लाई जागरुक पार्न ३ दिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।
समाजवादको नेपाली रुप, पार्टी संगठन निर्माण, युवा पुस्ताहरुलाई पार्टी प्रति आकर्षण बढाउन र कमिटी चलायमान बनाउन प्रशिक्षकहरु तयार गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना सुदर पश्चिममा हुन लागेको पार्टीका प्रदेश इन्र्चाज गरीमा शाहले जानकारी दिए ।
प्रशिक्षणमा पार्टीका अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, स्कूल विभागका सचिब अषेश घिमीरे, स्थायी कमीटी सदस्यहरुले उक्त प्रशिक्षण गराउने छन् । प्रशिक्षक प्रशिक्षण पछि अभियानकै रुपमा जिल्ला, स्थानीय कमीटिहरुमा प्रशिक्षण गराउने तयारी रहेको सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए । प्रदेश पार्टीका केन्द्रीय अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यता भएको कार्यक्रमको अध्यक्षता प्रदेश कार्यवाहक अध्यक्ष शेर बहादुर कुँवरले गरेका थिए ।
सोमबार देखी सुरु भएको प्रशिक्षण फाल्गुन ३ गते सम्म चल्ने छ । प्रदेश ९ जिल्लाहरु बाट ६० जना सहभागी रहेका छन् ।
0 comment