काठमाडौं - जनमत पार्टीका अध्यक्ष सीके राउतले नेताहरूलाई गाली नगर्ने जनता नै नभएको बताएका छन् ।
विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै राउतले राजनीतिक दलप्रति जनताको चरम असन्तुष्टि रहेको बताएका हुन् ।
राउतले भने,‘म इमान्दार छु भन्दैमा जनताले मत हाल्दैनन् । राजनीतिक दलहरूप्रति वितृष्णा छ । नेतालाई गाली नगर्ने जनता छैनन् जस्तो लाग्छ । जनताले राजनीतिक पार्टीमा आवद्ध भएपनि असन्तुष्टि जाहेर गर्दै आएका छन् ।’
वैकल्पिक राजनीतिले आफ्नो बाटो किन लैजान सकेन त ? यो अहम प्रश्न रहेको बताए । राउतले भने,‘चरम भ्रष्टाचार छ,कुशासन छ,तर वैकल्पिक शक्तिले जनताको आवाज क्यास गर्न सकेन । कतै न कतै वैकल्पिक शक्तिहरू ल्याबमा गरिएको परीक्षण जस्तो त भइरहेको छैन ।’
उनले राजनीति टिकाउन गमलामा राखेको गुलाबजस्तो नभएर जंगलमा उम्रेको गुलाबजस्तो हुनुपर्ने टिप्पणी गरे। 'राजनीतिमा टिक्नका लागि गमलामा राखेको गुलाब जस्तोले पुग्दैन,जंगलमा राखेको गुलाब जस्तो हुनुपर्छ,'उनले भने।
0 comment