काठमाडौं - एसियन गेम्स अन्तरगत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा जारी खेल वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्वाटरफाइनलमा स्थान बनाएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा झारिएको खेलमा ४ विकेट गुमाउँदै १५० रनको लक्ष्य दिएको थियो । तर वर्षाका कारण जापान जवाफी ब्याटिङमा उत्रन पाएन र खेल रद्द गरियो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन जोड्यो । सन्दीप जोरा र लोकेश बमले अर्धशतक बनाए । जोरा ५७ तथा बम ५२ रनमा नटआउट रहे ।

वर्षाले प्रभावित बनेपछि खेल १५ ओभरमा झारिएको थियो ।