काठमाडौं - आज सेयर बजार परिसूचक नेप्से ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ३.१६ प्रतिशतले बढेर ४१४.८७ विन्दुमा पुगेको छ। ने
आज २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रूपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक बढेको छ। इन्भेस्टमेन्ट उपसमूहको सूचक सर्वाधिक ६.२५ प्रतिशतले बढ्यो भने डेभलपमेन्ट, फाइनान्स र हाइड्रोपावरको सूचक ५ प्रतिशत बढिले बढ्यो। यस्तै लाइफ इन्स्योरेन्स, नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक ४ प्रतिशतले बढ्यो भने मनु एन्ड प्रो र माइक्रो फाइनान्सको सूचक ३ प्रतिशत बढिले बढ्यो। बाँकी उपसमूहको सूचक २ प्रतिशत बढिले बढ्यो।
आज ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, रिद्धी विद्युत, आदर्श लघुवित्त वित्तीय र रिडी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। एनआईसी एसिया बैंकको आज १२ करोड बढिको सेयर कारोबार भयो।

0 comment