काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने बताएका छन् । 
आज विराटनगर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा ओलीले भने, सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै उनले त्यही सहमति अनुसार हुनुपर्ने उनको भनाइ छ । हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?

उनले यो छलफल गर्नुपर्ने विषय नै नभएको बताए । ‘छलफल भइरहेको छ, तर खटपट छैन,’ ओलीले भने, ‘यो छलफल गर्नुपर्ने विषय पनि होइन ।’ राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय कसलाई दिने भन्ने विषयका कारण वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको ओलीले बताए ।

उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ राष्ट्रपति निर्वाचनको सन्दर्भमा माओवादी कांग्रेसतिर ढल्किएको भनेर राखिएको जिज्ञासामा ओलीले माओवादीका केही नेताहरुले त्यसरी बोले पनि आफूलाई भने त्यस्तो नलागेको बताए ।

यस अघि गृहमन्त्रीको विषयलाई लिएर लामिछाने पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । भेटका क्रममा सत्ता गठबन्धनमा सहमति भए अनुसार पुनः गृहमन्त्री रास्वापालाई नै दिनुपर्ने अडान दोहोर्याएका थिए । नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका थिए । तर प्रधानमन्त्री भने यस विषयमा सकारात्मक देखिएका छैनन् ।