काठमाडौं -  नयाँ उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस भएका छन्।

गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले इन्जिनियर समेत रहेका साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

सुनसरी-४ का सांसद साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए।  उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै मन्त्रालय खाली थियो ।  बालेन शाह नेतृत्वको सरकारको उद्योगमन्त्रीमा दुई जना फेरिसकेका छन् ।