काठमाडौं - उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
ग्यास उद्योगीहरूप्रतिको उनको विवादास्पद अभिव्यक्तिलाई लिएर आलोचना हुन थालेपछि राजीनामा दिएकी हुन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी छन्।
मन्त्री यादवको वादास्पद अभिव्यक्ति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।
बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । यादवले अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीहरूलाई पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन भनेकी थिइन् ।


0 comment