काठमाण्डौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले सरकार नछोडोस् भन्ने पक्षमा आफू लागिपरेको बताएका छन् ।
मंगलबार पार्टी पदाधिकारी बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले आफूहरू सल्लाहमै रहेको बताएका छन् ।
सकेसम्म हाम्रो सहमति नटुटोस् भन्ने छ । त्यसका लागि प्रयास गरिरहेको छु । साथै रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रीमा कुर्नुपर्ने बताएका छन् ।
नागरिकता लिएसँगै लामिछानेले पुनः गृहमन्त्रीमा दावी गरेका छन् । गृहमन्त्रीको विषयलाई लिएर लामिछाने आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । भेटका क्रममा सत्ता गठबन्धनमा सहमति भएअनुसार पुनः गृहमन्त्री रास्वापालाई नै दिनुपर्ने अडान दोहोर्याएका थिए। नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका थिए । प्रधानमन्त्रीले यस विषयमा आनकानी गरिरहेका छन्।
तर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेले पुनःनेपाली नागरिकता प्राप्त गरिसकेकाले गृहमन्त्री उनैलाई नै दिनुपर्ने दबाब दिइरहेका छन् ।
0 comment