काठमाडौं - प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

सरकारले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा,नुवाकोट र सिन्धुपाल्चोकमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।