काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढीका कारण सम्पर्कविहीन भएका प्रदेशका नागरिकबारे जानकारी गराउन आफन्त तथा पीडित परिवारलाई आफूलाई सिधै सम्पर्क गर्न आग्रह गरेका छन्।

बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा नागरिक अलपत्र परेको तथा केही सम्पर्कविहीन रहेको जानकारी आएको भन्दै मुख्यमन्त्री थापामगरले उद्धारका लागि सम्बन्धित परिवारलाई आफूलाई प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरेका हुन्।

नुवाकोटको बाढीग्रस्त क्षेत्रको निरीक्षण तथा अवलोकनका क्रममा उनले बाढीका कारण अलपत्र परेका वा सम्पर्कमा नरहेका बागमती प्रदेशका नागरिकको विवरण उपलब्ध गराउन आग्रह गरे।

मुख्यमन्त्री थापामगरले सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल गरिने बताए।