काठमाडौं - सरकारले रसुवामा आएको भीषण बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरेको छ।  उद्धारका लागि स्वास्थ्यकर्मीसहित नेपाली सेनाका  र निजी क्षेत्रका गरी १२ वटा हेलिकप्टर परिचालन गरिएका छन्।

राहत उद्धार र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहितको ट्यांकर  काठमाडौंबाट परिचालन गरिएको छ। यससँगै धादिङ, नुवाकोट, रसुवा, चितवनका सबै सुरक्षा निकाय परिचालन गरिएको छ।