काठमाडौं - रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्ण बन्द गरिएको प्रहरीले जनाएको छ ।
बाढीले धादिङ जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको छ । उक्त क्रम फैलिने अवस्था भएका कारण दुवै तर्फबाट सवारी आवागमन निषेध गरिएको प्रहरीको भनाई छ । बाढीले दर्जनौँ बस्ती र बजार बगाएको छ ।
तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौंबाट विपद् व्यवस्थापनको प्रहरी टोली प्रभावित क्षेत्रतर्फ गईसकेको छ ।


0 comment