काठमाडौं - चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले रसुवामा ठूलो क्षति भएको छ । बाढीले रसुवाको तल्लो तटीय क्षेत्रमा समस्या भएको बताइएको छ ।

स्याफ्रुबेशी किनाराका बस्तीहरूमा बाढी पसेर क्षति पुगेको बताईएको छ । तिब्बत क्षेत्रमा बाढी आएको विषय त्यहाँको प्रशासनले बिहानै रसुवा प्रहरी प्रशासनलाई खबर गरेको थियो ।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रवेशी, मैलुङ, पहिरे बेँसी, खाल्टे, बेत्रावती लगायत नुवाकोटका बस्तीहरु पनि जोखिममा परेका छन्  ।

बाढीले पारेको क्षतिको विवरण आउन बाँकी छ ।