काठमाडौं - मुद्दा हारेपछि सर्वोच्च अदालतको भवनबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेको छ ।
सर्वोच्च अदालतबाट हामफाल्ने प्रयास गर्ने व्यक्ति अधिवक्ता लालबहादुर राई रहेको खुलेको छ। राईले सोमबार ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध भएको फैसला सदर भएपछि यस्तो प्रयास गरेको प्रहरीले जनाएको छ।
अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले राईले दायर गरेको मुद्दामा यसअघि भएको फैसलालाई नै सदर गर्ने निर्णय गरेको थियो। फैसलापछि राईले ‘सर्वोच्च अदालतले आफूलाई हराएको’ भन्दै सुसाइड नोटसमेत लेखेको बताइएको छ।
सुसाइड नोट लेखेर उनी सर्वोच्च अदालतको नयाँ भवनको पाँचौँ तल्लामा पुगेका थिए। त्यहाँबाट हामफाल्ने प्रयास गरेपछि सुरक्षाकर्मीले तत्काल उद्धार गरेका हुन्। उद्धार गरिएका राईलाई अहिले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जानकारी दिएको छ।


0 comment